Logo

जूलाईयता भारतमा एकैदिन अहिलेसम्मकै कम संक्रमित



एजेन्सी, ३० मंसिर । २४ घण्टायता भारतमा २२ हजार ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संख्या भारतमा जूलाईपछि एकैदिन सबैभन्दा कम संक्रमित भएको बताइएको छ । यो संख्या संगै भारतमा कुल संक्रमितको संख्या ९९ लाख पुगेको छ । त्यसमध्ये ३ लाख ३९ सक्रिय संक्रमित रहेको छ भने ९४.२ लाख व्यक्ति संक्रमणमुक्त भइ घर फर्केका छन् ।

विगत २४ घण्टामा भने ३५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै भारतमा मृत्यृ हुनेको कुल संख्या १ लाख ४३ हजार ७ सय ९ पुगेको छ । भारतका केन्दै सरकारले राज्य सकारलाई ५० भन्दा कम उमेरका संक्रमित व्यक्तिलाई खोजी मुख्य ध्यान दिन निर्देशन दिएको छ ।

भारतमा कोरोना भाइरसविरुद्वको लडाईमा खटिएका २ करोड अग्रगामी व्यक्तिहरुमाथि कोरोना खोपको प्रयोग हुने छ । कोरोना भाइरसविरुद्वको भ्याक्सिन अमेरिकामा प्रयोग हुन थालेको छ भने त्याहाँका गम्भीर अवस्थामा रहेकी उपचाररत संक्रमित नर्सले कोरोना भाइरसविरुद्वको भ्याक्सिन लिएकी थिइन् । क्यानाडामा समेत खोपको प्रयोग अग्रगामी व्यक्तिहरुमा सुरु भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्