काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकलाई नियमित भनिएको छ । तर, आजको बैठकमा अध्यादेशबारे निर्णय लिने धेरैको अड्कलवाजीहरु थिए ।
मन्त्रिपरिषदमा अध्यादेशबारे कुनै छलफल नभएको बुझिएको छ । तर, निर्णयहरुबारे मन्त्रीहरुले नै थाहा नपाउने अवस्था हुनथालेकाले यसै भन्न सकिने अवस्था छैन ।
नेकपाभित्र विवाद चर्किइरहँदा दल विभाजनसम्बन्धी अध्यादेशको चर्चा छ । प्रधानमन्त्री ओलीले पार्टी विवाद चर्किएपछि कठोर रणनीतिका साथ अगाडि बढ्ने तयारी गरिरहेका छन् ।