Logo

क्यामेरा चोरी गर्ने २ जना पक्राउ



कास्की, ३० मंसिर । क्यामेरा चोरी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । क्यामेरा चोरी गरेको अभियोगमा पोखरा बस्ने रोल्पा घर भएका १९ वर्षीय दिपक मगर र पुम्दीभुम्दी बस्ने १९ वर्षीय अनिस बराईलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

गत मंगलबार सोही महानगरपालिका–३ तेर्सापट्टी बस्ने प्रबिण बैधको घरबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्यामेरा चोरी भएका सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई १ थान क्यान क्यामेरा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्