Logo

प्रहरीलाई हातपात गर्ने पक्राउ



भक्तपुर, ३० मंसिर । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । भक्तपुर च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढीका ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन् । उक्त स्थानमा सोही ठाउँ बस्ने गिता कोजुको मोबाईल हराएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले मोबाइल खोजी सोही ठाउँस्थित पाटीमा फेला पारी सम्बन्धित धनिलाई बुझाएपछि विजय र रितिकले प्रहरीलाई एक्कासी हातपात एवं दुर्व्यवहार गरेपश्चात उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्