Logo

उखु किसान आन्दोलनबाट पछि नहट्ने, सरकारद्वारा भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउको निर्णय



काठमाडौं, ३० मंसिर । उखु किसान आन्दोलनबाट पछि नहट्ने भएका छन् । सरकारले आन्दोलनका कार्यक्रम फिर्ता लिने सर्तसहित तीन बुँदै पत्र लगेपछि उखु किसान आन्दोलनबाट पछि नहट्ने भएका हुन् ।

आज उखु किसानलाई भेटेन उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी र उद्योगमन्त्री लेखराज भट्टका स्वकीय सचिव रितेश ओझा पत्र लिएर पुगेका थिए । तर, उखु किसानहरुले आन्दोलनबाट पछि नहट्ने जवाफ दिएका छन् ।

यसैगरी, गृह मन्त्रालयले उखु किसानलाई रकम भुक्तानी नगर्ने सुगर मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादलले गृहका उच्च अधिकारी र प्रहरी अधिकारीहरुसँग बैठक राखेर यस्तो निर्णय गरेका हुन् ।

उखु किसानहरुले भने विगतमा पनि यस्तै कदम चालिएपनि रकम भुक्तानी नपाएको, आफूहरुलाई बिचौलिया भनेको भन्दै आपत्ती जनाएका छन् । उनीहरु उधारो सहमति नगर्ने निष्कर्षमा पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot