Logo

२४ घन्टामा कोरोनाबाट १४ जनाको मृत्यु



काठमाडौं, ३० मंसिर । कोरोना संक्रमणबाट आज थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ९ सय ३६ थपिएका छन् । आज १९ सय ९६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५० हजार १ सय ८० संक्रमित भएपनि २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार १ सय ८१ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १८ लाख ४३ हजार ५ सय ८१ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ५७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्