काठमाडौं, ३० मंसिर । चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार सोमबार पक्राउ परेका हुन् ।
पोद्दारले आफ्नो खातामा प्रयाप्त निक्षेप छैन भन्ने जानी–जानी काठमाडौं बुद्दनगर बस्ने नानीबाबु खरेललाई काटी दिएको १ करोड ६३ लाख रुपैयाँको बैंक चेक भुक्तानीको लागि दिएका थिए ।
चेक अनादार कसूर गरेको ठहर गरी जिल्ला अदालत काठमाडौंको २०७३ भदौ १५ गतेको फैसलाले चेक अनादर मुद्दामा १ महिना कैद र १ करोड ६३ लाख बिगो भराउ तथा ३ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका पोद्दारलाई काठमाडौं कलंकीमा लुकिछिपी बसेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।