Logo

खुमलटारमा दाहाल नेपाल पक्षधर सचिवालय सदस्यहरुको बैठक



काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सदस्यहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी अध्यादेश ल्याएको भन्दै उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नुपर्ने अध्यक्ष पुष्पकमल दाहालको माग छ । अहिले दाहालनिवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधव कुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ भेला भएका छन् । अध्यादेश प्रकरणले नेकपाभित्रको विवाद झनै चर्किएको छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्