Logo

सनी देओलसँग माधुरी दिक्षितले एउटा फिल्ममा मात्र किन काम गरिन् ?



एजेन्सी, ३० मंसिर । माधुरी दिक्षित जब करियरको शिखरमा थिइन् तब सनी देओलको नाम पनि बलिउडको टप स्टारमा लेखिएको थियो । तर दुवैजना टप स्टार हुँदा पनि किन एक फिल्ममा मात्र काम गरे त । यो धेरै फ्यानहरुको चासोको विषय हो ।

फिल्मको नाम थियो ‘त्रिदेव’, जुन फिल्म सुपरहिट भएको थियो । राजीव रायले निर्देशन गरेको यस फिल्मको सनी र माधुरीले नृत्य गरेको गीत ‘मै तेरी मोहब्बत मे’ निकै चर्चित भएको थियो र आज पनि सुन्न सकिन्छ ।

उनीहरुबीच कुनै पनि मतभेद पनि नभएको दुवैले स्विकार्दै आएका छन् । यद्यपि काम भने किन सँगै गरेनन् । त्यो समयमा माधुरीको जोडी अनिल कपुरसँग भएको धेरैले मन पराएका थिए । माधुरीले आफ्नो करियरका सर्वाधिक फिल्म अनिल कपुरसँग नै खेलेकी छिन् । अनिल र सनी देओल आपसमा प्रतिद्धन्द्धी थिए । अनिलको दाई बोनी कपुरले चतुराईपुर्वक दाजुलाई अर्की ठुला हिरोइनहरु श्रीदेवी र माधुरी दिक्षितसँग जोडी जमाइदिएका थिए ।

माधुरी र अनिलको सेक्रेटरी पनि एकजना थिए । जुन निर्माताले माधुरी दिक्षितलाई साइन गराउथे उनका सेक्रेटरीले हिरोको रुपमा अनिल कपुरको नाम सिफारिस गरिदिन्थे । बोनी कपुरले कुनै निर्माताको माधुरीको नाम लिएर योजना बनाएको पहिला नै थाहा पाउथे र अनिललाई त्यस फिल्मको लागि फिट बनाउथे । यसरी हिरोइनको काधमा चढेर अनिल कपुर सफलताको शिखरमा पुगेका थिए ।

सनी देओल पनि ठुला कलाकारको रुपमा स्थापित भएका थिए । उनले पनि माधुरी दिक्षितसँग काम गर्न कोशिश गरेपनि एक फिल्ममा भन्दा अन्यमा समय मिलेन ।



प्रतिक्रिया दिनुहोस्