Logo

प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि जनार्दनले भने : सत्ता स्वार्थको पराकाष्ठा किन ?



काठमाडौं, ३० मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकोमा विरोध जनाएका छन् । उनले उक्त अध्यादेश तुरुन्तै फिर्ता गर्नसमेत माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,”फेरि अध्यादेश ! सत्ता  स्वार्थको  परकाष्ठा किन  ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।”



प्रतिक्रिया दिनुहोस्