Logo

‘द कपिल शर्मा शो’ बाट निकालेको हल्ला मच्चाउनेलाई भारती सिंहले दिइन् झापड



एजेन्सी, ३० मंसिर । कमेडियन भारती सिह  लागुऔषध प्रकरणमा मुछिएपछि पक्राउ परिन् । लागुऔषध प्रकरणमा उनका दम्पत्ति पक्राउ परेपछि ‘द कपिल शर्मा शो’ बाट निकालिएको खबर बाहिर आएको थियो । तर हाल कथा अर्कै भएको छ । भारती सिंहले उक्त शो को दुई पटक सुर्टिङ गरेकी छिन् ।

भारती सिंहले इन्स्टाग्राममा शो को सुर्टिङका केही तस्वीर सेयर गरेकी छिन् । उनको तस्वीर भाइरल भएको छ । रातो रंगको कुर्ता सलवालमा भारती सिंह निकै सुन्दर देखिएकी छिन् । यसको साथमा उनले हेवी गहना पनि लगाएकी छिन् ।

तस्वीर सेयर गर्दै भारतीले क्याप्सनमा लेखेकी छिन्, ‘रातो रंग दिलको रंग मानिन्छ । कपिल शर्मा शो हरेक शनिबार–आइतबार राति साढे नौ बजे ।’

केहि दिन पहिला भारती सिंह र उनका पति हर्ष लिंबाचियालाई लागुऔषध मुद्दामा नारकोटिक्स कंट्रोल ब्युरोले गिरफ्तार गरेको थियो । उनीहरुलाई ४ डिसेम्बरमा न्यायिक हिरासतमा पठाएको थियो । पछि जमानतमा रिहाई भएका थिए । यो तस्वीरले भारती सिह कपिल शर्माको शो बाट बाहिरीने हल्लालाई भने पुर्ण विराम लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्