Logo

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार्य : निधि



काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने बताएका छन् । उनले यो अध्यादेश स्वीकार्य नहुने पनि प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत निधिले लेखेका छन्,”आज अचानक आएक‍ो संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणाली माथी नाङ्गो आक्रमण हो। घ‍ोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन ।” File Photo



प्रतिक्रिया दिनुहोस्