Logo

संवैधानिक परिषदसम्बन्धी अध्यादेश आएपछि पौडेलले भने : सरकार सर्वसत्तावादतर्फ बढेको प्रमाणित



काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् । उनले संवैधानिक परिषदको मूल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नको लागि हतार हतारमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता पौडेलले लेखेका छन्,”संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।



प्रतिक्रिया दिनुहोस्