Logo

अध्यादेश अलोकतान्त्रिक- देउवा



काठमाडौं, ३० मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषदको ऐन संशोधनका लागि सरकारले आज ल्याएको अध्यादेशको आलोचना गरेका छन् । उनले संसद अधिवेशन छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक भन्दै सवंसत्तावादी सोच प्रष्टिएको टिप्पणी गरेका छन् ।

आज ट्वीटमार्फत् देउवाले उपसभामुख पद खाली राखेर, सभामुखलाई विश्वासमा नलिई कोरम पुगेन भन्नु हाँस्यास्पद भएको बताएका छन् । देउवाले अध्यादेशप्रति काँग्रेसको प्रष्ट विमति रहेको बताएका छन् । संवैधानिक परिषदको साँझ डाकिएको बैठकमा अनुपस्थित देउवाले अध्यादेशको विरोध गर्नुलाई महत्वका साथ हेरिएको छ ।

देउवाले ट्वीटरमा लेखेका छ्न्ः उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !



प्रतिक्रिया दिनुहोस्