Logo

भारतीय नागरिकले ससुरालीमा लुकाएको ६८ किलो अवैध चाँदी बरामद



वीरगंज, ३० मङ्सिर । वीरगंजस्थित एक घरमा ६८ किलो चाँदी बरामद भएको छ । उक्त घर सुनिता सर्राफको नाममा छ । उनका पति दिपक सर्राफ फरार छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगर–६ मीना बजारस्थित भारतीय नागरिक दीपक सर्राफको घरबाट ६८ किलो चाँदी बरामद गरेको जनाएको छ । ६८ किलो अवैध चाँदी प्रहरीले बरामद गरेपछि सर्राफ अहिले फरार छन् ।

दीपकको पत्नी सुनीता सर्राफ नेपाली नागरिक हुन र उनको नाममा रहेको घरमा सो चांदी बरामद भएको हो । विभिन्न प्रकारका चाँदीका गहना रहेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । उक्त घरमा मै जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो । चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार छापामारी गरेको थियो ।

भारतबाट राजश्व छलेर ल्याइएका चाFदीका विभिन्न प्रकारका गहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कोठाको फल्स वालभित्र लुकाएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । चांदीको गरगहनाको बजार मूल्य ६५ लाख अनुमान गरिएको छ । चाँदी नेपालबाट भारततर्फ तस्करी हुने र भारतबाट तयारी चाँदीको गहना नेपाल भित्रिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot