मंसिर, ३०, तनहुँ । बन्दीपुर गाउँपालिका २ खहरेमा ७० बढी नेकपा कार्यकर्ता आफ्नो पार्टी प्रवेश गरेका छन् । केन्द्रीय सदस्यद्वय डा. मीनेन्द्र रिजाल र गोविन्द भट्टराईको उपस्थितिमा कार्यक्रम गरेर उनीहरुलाई पार्टी प्रवेश गराइएको कांग्रेस तनहुँका कोषाध्क्ष रेशम गुरुङले जानकारी दिए ।
कार्यक्रममा डा. रिजालले ढिलै भए पनि पार्टी प्रवेश गरेको उनीहरुलाई स्वागत र संरक्षण गर्ने बताए । अर्का केन्द्रीय सदस्य भट्टराईले खानेपानी, बाटो सबै आफूहरुको नेतृत्वमा तयार पारेको भन्दै प्रदेश सरकारमा रहेका नेताहरु लाभ लिने र जस लिने बाटोमा लागेको आरोप लगाए ।
२ नम्बर सभापति गोकर्ण बानियाँको सभापतित्वमा भएको कार्यक्रममा झण्डै दर्जन जिल्लास्तरीय नेताले पनि सम्बोधन गरेका थिए । कांग्रेसका स्थानीय कार्यकर्ता भरत बिकको सक्रियतामा पार्टी प्रवेश कार्यक्रम सफल भएको थियो । कार्यक्रममा पार्टी जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले,
सचिव विश्व बाँस्तोला, कोषाध्यक्ष रेशम गुरुङ, महासमिति सदस्यद्वय रामचन्द्र अधिकारी र कृष्णप्रसाद गौतम, व्यास नगर सभापति शान्तिरमण वाग्ले, पार्टीले खटाएका बन्दीपुर संयोजक अशोककुमार श्रेष्ठलगायतले बोलेका थिए । भरत विकको नेतृत्वमा ती कार्यकर्ता आफ्नो पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।