Logo

संवैधानिक परिषद्ः अध्यादेशप्रति प्रतिपक्ष असन्तुष्ट



काठमाडौं, पुस १। सरकारले ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ लाई लिएर प्रमुख प्रतिपक्षी दललगायत सत्ताधारी दलकै नेताहरूले विविध प्रतिक्रिया व्यक्त गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक र सर्वसत्तावादी सोच भएको आरोप लगाएका छन् । उनले भने, “उपसभामुख पद खाली राखेर सभामुख जस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिई संवैधानिक परिषद्को कोरम पुगेन भन्नु हास्यास्पद हो ।”

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको स्थायी कमिटीको बैठक चलिरहेको र संसद्को नियमित अधिवेशन बोलाउने समय भएको अवस्थामा प्रधानमन्त्रीले अप्रत्यासित रूपमा अध्यादेश ल्याउनु गलत भएको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot