Logo

मध्यपहाडी राजमार्ग समृद्धिको आधारशिला



काठमाडौं, पुस १ । विकसित मुलुकहरूले आर्थिक र सामाजिक रूपान्तरण गर्ने गरी दर्जनौं ठूला परियोजनाहरू बनाइरहेका छन् । पछिल्लो समय छिमेकी मुलक भारत र चीनमा पनि यस्ता परियोजनाहरू बनिरहेका छन् । नेपालमा भने यस्ता परियोजना धेरै कम छन् । पूर्वपश्चिम राजमार्ग सडकको क्षेत्रमा अहिलेसम्म मुलुकको मुख्य ‘लाइफलाइन’ का रूपमा चिनिँदै आएको छ । सरकारले एक दशक पहिलेदेखि मध्य पहाडी २६ जिल्लालाई समेटेर दोस्रो पूर्वपश्चिम राजमार्ग बनाउँदैछ । पुष्पलाल ९मध्यपहाडी ० राजमार्ग नाम दिइएको यो आयोजनालाई मुलुकको अर्को मेरुदण्ड बताइँदै आएको छ ।

सरकारले आर्थिक वर्ष २०६४र६५ मा यो आयोजना निर्माण सुरु गरेको हो । पछिल्लो समय यो आयोजनालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गरिएको छ । अहिले मध्यपहाडी राजमार्गको आधाभन्दा धेरै काम सकिइसकेको छ । अबको तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने योजनासहित यो आयोजनाको काम भइरहेको छ । सरकारले स्वदेशी पुँजीमा पूर्वपश्चिम राजमार्गकै विकल्पमा २६ वटा पहाडी जिल्लालाई जोड्ने गरी मुलुककै दोस्रो लाइनफाइनको रूपमा मध्यपहाडी राजमार्ग निर्माण अघि बढाएको हो । यो राजमार्गले पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म छुनेछ । यो सडक तयार भएसँगै २६ जिल्ला आर्थिक समृद्धिको मार्गमा लाग्नेछन् ।

यो राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि पहाडी जिल्लामा करिब ५ हजारदेखि १० हजार मेगावाट जलविद्युत् आयोजनाको पहुँचमार्ग बन्नेछ । त्यतिमात्रै होइन, यो सडकले ग्रामीण बस्तीबाट सहर बसाइँसराइ गर्ने परिपाटीको अन्त्य गर्दै गाउँगाउँमा पर्यटन, कृषि तथा अन्य उद्यमको विकासमा टेवा पुर्‍याउनेछ । एक हजार आठ सय ७९ किलोमिटर लामो पुष्पलाल ९मध्यपहाडी० राजमार्ग बनेसँगै मुलुकको एकतिहाइ अर्थात् एक करोड जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुनेछ । यो राजमार्गले पहाडी जिल्लाका धेरै ग्रामीण बस्ती जोड्ने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्