Logo

माईतीघरमा तेस्रो राष्ट्रिय झण्डा दिवस मनाईयो, ऋषि धमला पनि सहभागी



काठमाडौं, १ पुष । आज तेस्रो राष्ट्रिय झण्डा दिवस मनाईएको छ । काठमाडौंको माईतीघरमा आज झण्डा र टोपीसहित ब्यानर बोकेर मनाएका हुन् । उक्त कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पनि सहभागिता रहेको थियो ।  उनीहरुले ‘मेरो शान, मेरो स्वाभिमान’, राष्ट्रिय झण्डा, मेरो पहिचान’ लेखेको ब्यानर बोकेका थिए ।  कार्यक्रमको आयोजक संस्थाहरुमा राष्ट्रिंय धरोहर संरक्षण प्रतिष्ठान नेपाल, श्रद्धावन नेपाल र राष्ट्रिय झण्डा दिवस मूल समारोह समिति रहेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot