एजेन्सी, १ पुस । क्यानाडामा कोरोना भाइरसविरुद्वको भ्याक्सिन उपलब्ध भइसकेको छ । कोरोनालाई पराजित क्यानाडाले फाइजरको प्रयोग गर्ने भएको छ । पाँच जना फ्रन्टलाईनमा खटिएका व्यक्तिहरुले टोरोन्टो अस्पतालमा खोप लिएको हो ।
टोरोन्टो विश्वविद्यालयका कार्यकारी अध्यक्ष डा. केविन स्मिथले यो विजानको जित भएको स्पष्ट पारेका छन् । क्यानाडा कोरोना भाइरसविरुद्वको ३० हजार फाइजर खोपको खोप भित्राएको छ । यो महिनाको अन्त्य सम्ममा फाइजरले २ लाख ४९ हजार डोज क्यानाडालाई प्रदान गर्ने सम्झौता भएको जनाइएको छ ।
यस विषयमा क्यानाडाकी स्वास्थ्य मन्त्री प्याटी हाजदूले भनिन्, ‘खोप पहिलो पटक संक्रमित माथि प्रयोग हुँदा म रोएकी थिए । यो मेरो लागि निकै भावनात्मक समय हो ।’ सम्पूर्ण क्यानाडा बासीहरुले एक अर्कालाई सहयोग पुर्याउनु पर्ने विषयमा समते मन्त्रीले अवगत गराएकी छिन् ।
‘यो हाम्रो पहिलो कदम हो । यसपछि पनि हामीसंग कोरोना परास्त गर्न थुप्रै काम बाकी छ । निकै कठिन समयको सामना हामी गरिरहेका छौँ,’ मन्त्रीले थपिन् । फाइजरलाई गत हप्ता क्यानाडाको हेल्थ रेगुलेटरले कोरोना भाइरस संक्रमित विरुद्व प्रयोग गर्न अनुमति दिएको थियो ।
त्यसैगरी, बेलायत र अमेरिकामा पनि फाइजरको प्रयोग सुरु भएको छ । कोरोना महामारीबीच विश्वलाई नयाँ आशा पलाएको छ । क्यानाडाले अन्य ६ भ्याक्सिन कम्पनीसंग सम्झौता गरेको छ त्यसमध्ये तीनवटा कम्पनीको भ्याक्सिनलाई निरिक्षण क्यानाडा सरकारले गरिरहेको छ ।
मोर्डना पनि क्यानाडा छिट्टै प्रयोग हुने छ । क्यानाडा सरकारले जनसंख्या भन्दा बढी डोजको सम्झौता गरिरहेको छ त्यसमध्ये गरिब मुलुकलाई समेत क्यानाडा सरकारले सहयोगको रुपमा खोप प्रदान गर्ने भएको बुझिएको छ ।-Photo: Agency