Logo

ग्याँस कालोबजारी गर्ने १ जना पक्राउ



मोरङ, १ पुस । ग्याँस कालोबजारी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । विराटनगरको मलाहा रोडमा फोटोकपी तथा ग्याँस पसल संचालन गर्ने मनिष यादवलाई ग्याँस कालोबजारी गरेको अभियोगमा मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यादवले एउटा ग्याँस सिलिण्डरबाट अर्को सिलिण्डरमा सारी ग्याँसको तौल कम गरी बिक्री गरेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

यादवको पसलबाट ११ थान ठुलो ग्याँस सिलिण्डर, २ थान सानो ग्याँस सिलिण्डर, १ थान तौल मेसिन, २ थान रेगुलेटर, १ थान एयर लिंक गर्ने पाईप समेत प्रहरीले बरामद गरेको जनाएको छ । यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्