Logo

लागुऔषध सहित ६ जना पक्राउ



काठमाडौं, १ पुस । अवैध लागुऔषध सहित छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, कास्की, स्याङ्जा र सुनसरीका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ परेका हुन् ।

काठमाडौंको गोकर्णेश्‍वरबाट करिब ९ सय ८० ग्राम अवैध लागुऔषध पोल्याण्ड सहित ने सिन्धुपाल्चोक थामपालधाम गाउँपालिका–३ घर भएका २५ वर्षीय हरि रामदामलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागुऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्