Logo

सालकको खपेटा सहित पक्राउ



काठमाडौं, १ पुस । सालकको खपेटा सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं मित्रनगर बबालीचोकबाट १ थान सालकको खपेटा सहित धादिङ छत्रेदेउराली घर भएका सुभाष तामाङ भन्ने २७ वर्षीय सुजन तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी परीसर टेकुबाट खटिएको संयुक्त प्रहरी टोलीले सुजनलाई जाँच गर्दा उनले बोकेको झोलाभित्र उक्त सालकको खपेटा फेला पारी पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्