Logo

बेलायतमा बेरोजगारी दर चारवर्ष यता कै उच्च



एजेन्सी, १ पुस। कोरोना महामारी ग्रस्त बेलायतमा बेरोजगारी दर ४.९ प्रतिशतले बढेको छ । यो दर अहिलेसम्म कै उच्च रहेको छ ।

विगत तीन महिना भित्र करिब ३ लाख ७० हजार मानिसहरु बेरोजगार भएको तथ्यांक छ । बेलायतमा बेरोगारको संख्या १७ लाख पुगेको छ । लेवरको दर निरन्तर ओरालो लागेपछि अर्थतन्त्रमा धक्का पुगेको विज्ञहरुले बताएका छन् । यो बेरोजगारी संख्या बढ्दै जानेमा सम्पूर्ण व्यवसायीहरु चिन्तित छन् । यसले थुप्रै क्षेत्रहरुमा असर पर्ने समेत जनाइएको छ । यस्तै अवस्था रहीरह्यो भने अर्को वर्ष पनि व्यावसयलाई ठूलो धक्का पुग्ने छ ।

सन् २०२१ मा बेरोजगारी दर ८ प्रतिशत सम्म पुग्ने बैँक अफ इल्याण्डले तथ्थ्यांक सार्वजनिक गरिसकेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्