Logo

काठमाडौ उपत्यकामा ३९१ जनामा संक्रमण पुष्टि



काठमाडौं, १ पुस । काठमाडौं उपत्यकामा आज ३९१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ७ सय ३६ जना थपिएकोमा काठमाडौंमा मात्र ३९१ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५० हजार ९ सय १६ संक्रमित भएपनि २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार ७ सय ५७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आज थपिएका मध्ये काठमाडौका २९४ जना, भक्तपुरका २० जना र ललितपुरका ७७ जना संक्रमत रहेका छन् ।

आजसम्म १८ लाख ४९ हजार १ सय ३६ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ५२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्