Logo

कोरोना महामारी सुरु भएयता अमेरिकामा १६ लाख बालबालिका संक्रमित



एजेन्सी, १ पुस । कोरोना भाइरसको महामारी सुरु देखि अहिलेसम्म अमेरिकामा १६ लाख बालबालिका संक्रमित भएको बाल चिकित्सकहरुले जनाएका छन् । अमेकिरामा सम्पूर्ण कोरोना केसको १२ प्रतिशत रहेको जनाइएको छ । यस समयअवधीमा बालबालिकामा दखिएको संक्रमणको तथ्यांक २३ प्रतिशतले बढेको छ । कोरोनाको संक्रमण बालबालिकामा विरलै पाउने भनिएतापनि अमेरिकामा देखाइएको तथ्यांकले अवस्था गम्भीर रहेको बुझिएको छ ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुने तथ्यांक मध्ये ०.२१ प्रतिशत मृत्यु बालबालिकाको रहेको छ ।भने पन्ध्र राज्यमा कुनै बालबालिकाको मृत्यु नभएको जनाइएको छ । बालबालिकामा कोरोना कस्तो कसर परेको भन्दै निकायहरुलाई सही र उचित तथ्यांक पेश गर्न सरकारी निकायको आग्रह रहेको छ ।

बालबालिकाहरु घरबाट बाहिर निस्केको कारण कोरोना संक्रमण लाग्ने सम्भावना बढी भएको चिकित्सकहरुको भनाई रहेको छ । संक्रमण फैलिन नदिन मास्क र सामाजिक दूरी कायम गर्न अनिवार्य रहेको छ । कोरोना संक्रमण देखिएको बालबालिकाहरु प्रायः जसो कोरोना संमितसित क्लोज कन्ट्याट भएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्