एजेन्सी, १ पुस । टर्कीस विदेश मन्त्री मेभ्लुट काभुसोग्लुले चिनियाँ कम्पनिद्वारा उत्पादित कोरोना भाइरसविरुद्वको खोप सुरक्षित र प्रभावकारी रहेको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसंगको टेलिफोन वार्तामा खोप सुरक्षित र प्रभावकारी रहेको बताएका हुन् ।
टर्कीले तुरुन्तै कोरोना खोप चीनसंग खरिद गर्ने विषय समेत वार्तामा बताएका थिए । चीनमाथि खोप सम्बन्धी विश्वास रहेको कारण टर्किले खोप खरिद गर्ने बताएका थिए । टर्कीलाई प्रर्याप्त मात्रामा चाहेअनुसार सामाग्री चीनले प्रदान गर्ने विषयमा चिनियाँ विदेश मन्त्रीले टेलिफोन वार्ता गरेका थिए । कोरोनालाई नियन्त्रण गर्न र खोप निर्माण गर्न चीनले चालेको कदमप्रति टर्कि विदेश मन्त्रीले टेलिफोन मार्फत बधाई समेत दिएका छन् । टर्किले चिनियाँ खोप उत्पादन कम्पनी सिनोभ्याक संग ५ करोड डोज खरिद गर्ने सुचना टर्किका स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।-Photo: Agency