Logo

शिक्षा दिने गुरुनै नक्कली परेपछि…



काठमाडौं, १ पुस । सिराहाका शिक्षक भोगीलाल यादवमाथि स्थायी प्रमाणपत्र नक्कली भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ । श्री आधारभूत प्राथमिक विद्यालयका शिक्षक यादवमाथि स्थायी प्रमाणपत्र नक्कली पेश गरेर शिक्षकमा नियुक्ति भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा यादवले उक्त विद्यालयमा प्रा.वि. तहको अस्थायी शिक्षक पदको लागि झुठ्ठा र नक्कली स्थायी अध्यापन अनुमतिपत्रको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको पुष्टि भएको थियो ।
यादवमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्