Logo

रुसले विकास गरिरहेको अर्को खोप स्वेयमसेवकमाथि सुरु



एजेन्सी, १ पुस । रुसको भेक्टर स्टेट रिसर्च सेन्टरद्वारा निर्माण गरिएको एपी भ्याक कोरोना खोपको प्रयोग रुसी सरकारले स्वेयमसेवकहरुमाथि सुरु गरेको छ । पहिलो खोप लिन करिब १३१६ जना स्वयंसेवकहरु सहभागी भएका थिए । यस विषयको जानकारी उपभोक्ता अधिकार संरक्षण र मानव कल्याणका संघीय सेवाले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

एपी भ्याक कोरोना खोपको पोस्ट रेजिस्ट्रेशन गर्न एपी भ्याकलाई स्वयमसेवकहरुमाथि प्रयोग गर्न सरकारले अनुमति दिएको हो । खोप लगाएका सम्पूर्ण स्वयमसेवकहरु सुरक्षीत र सामान्य अवस्थामा रहेको जनाइएको छ । जूलाई २४मा भेक्टर सेन्टरले रुसी मन्त्रालयबाट परिक्षण गर्ने मान्यता प्राप्त गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्