Logo

एस्ट्रेजेनेका र स्पुतनीक भी भ्याक्सिन संयुक्त रुपमा बढ्ने



एजेन्सी, १ पुस । एस्ट्रेजेनेकाको रुसी शाखाले कोरोना खोपको अगामी परिक्षणमा रुसी खोप स्पुतनिक भी संग सहकार्य गर्ने योजना बनाएको छ । रुसद्वारा निर्माण गरिएको खोप विश्व मै पहिलो आधिकारिक कोरोना खोपको रुपमा परिचित रहेको छ ।

रुसी खोपको तेस्रो र अन्तिम चरणको परिक्षणमा ४० हजार स्वयंसेवीले भाग लिएका थिए । खोप ९५ प्रतिशत प्रभावकारी रहेको निर्माताहरुले जनाएका छन् । खोप सुरक्षीत र प्रभावकारी बनाउन एस्ट्रेजेनेका र स्पुतनीक भीले संयुक्त साझेदारी गरेको विषयलाई कम्पनी द्वयले शुक्रबार प्रष्टाएका छन् ।

परिक्षणमा १८ वर्ष भन्दा बढी उमेरका मानिसहरु मात्र सहभागी हुने जनाइएको छ । संयतm रुपमा परिक्षण यस वर्षको अन्तिमबाट सुरु हुने भनिएको छ । स्पुतनीक भीले आफ्नो दास्रो चरणको परिक्षण कालमै रुसी नागरिकलाई खोपको रेजिस्टे«शन गर्न अनुमति दिएको थियो ।

रुसले भारत, भेनेज्यसएला र बेलारुससित समेत खोपको साझेदारी गरेको छ । स्पुतनिक भीको खोप क्रेम्लिनले अगावै रुस सरकारसित लिने बताइसकेको छ । खोपका लागि रुस पश्चिमी मुलुकसंग सहकार्य गर्न तयार रहेको समेत जनाइ सकेको छ ।

विश्व बजारमा स्पुतनीक भीको मूल्य १० डलर प्रति डोज निर्धारण गरिएको छ । यस खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा राख्नु पर्ने हुन्छ । एस्टे«जेनेकाका अनुसार विभिन्न देशले उत्पादन गरिरहेको कोरोना खोपलाई संयुक्त रुपमा सहकार्य गर्न सकेमा विश्वव्यापी रुपमा खोप प्रदान गर्न सकिने छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्