Logo

प्रचण्ड छापामार शैलीमा आक्रामक बन्दै



काठमाडौं, १ पौष । विशेष अधिवेशन मागेर अविश्वासको प्रस्तावका लागि अगाडि बढेमा प्रधानमन्त्री केपी शर्मा ओलीसामु प्रचण्डलाई अप्ठ्यारो पार्ने केही अस्त्रहरु थिए । जसमध्ये संसद बिघटन गरी मध्यावधीको घोषणा वा अध्यादेश ल्याएर पार्टी विभाजन सम्म पर्दथे । कुुुनैपनि हालतमा राजीनामा नदिने बरु कठोर कदम चाल्ने स्पष्ट पार्दै आएका ओलीबाट प्रचण्डको समूह त्रसित नै थियो । यसकारण पनि ओलीले भनेको मानेर प्रचण्डले तत्काललाई ब्याक हुने निर्णय गरे ।

विगतको सहमति कार्यान्वयनका सहमतिमा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् । आजको नेकपा स्थायी कमिटी बैठकमा पनि पुगे । तर, बैठक फेरि बस्ने गरी सारियो ।

यसपटक प्रचण्डले केही पछाडि हटेर सम्भावित दुर्घटनाबाट नेकपालाई जोगाएका छन् । उनले अध्यादेश फिर्ता लिन ओलीलाई मनाएर आफू पनि पछि हटेका छन् । अब विशेष अधिवेशनको माग पनि दर्ता नगर्ने तय भएको छ । तर, संसदको विशेष अधिवेशनमा प्रचण्डले जोडबल लगाउने थाल्ने बुझिएको छ । संसद अधिवेशन नबोलाएको अवस्था बनाएर ओलीले अध्यादेश ल्याउन सक्ने बाटो अझै खुल्ला राखेका छन् ।

यसपटक प्रचण्डले केही संयमता अपनाए । उनले छापामार शैली पनि अपनाएको देखिन्छ । अध्यादेश फिर्ता गर्न लगाएर संसद अधिवेशन बोलाउने अवस्था सृजना गरेका छन् । संसद अधिवेशन डाकिए अध्यादेश ल्याउन मिल्दैन । अब जे हुन्छ संसदबाटै छिनोफानो हुन्छ भन्ने वातावरण सृजना गर्न प्रचण्ड लागेका छन् ।

खुला रुपमा ओलीलाई चुनौती दिदै आएका प्रचण्ड यसपटक छापामार शैलीमा प्रस्तुत भएका छन् । उनले रक्षात्मक बनेर ओलीलाई खतरनाक कदम चाल्नबाट रोेकेका छन् । उनले संसदीय अभ्यासबाट ओलीलाई साइजमा राख्ने रणनीति चालेको देखिदैछ । ओलीसँग सहमति गरेका प्रचण्डले अब सम्भावित खतरनाक पाइला चाल्न पनि ब्याक भएको देखिद्ेछ ।



प्रतिक्रिया दिनुहोस्