Logo

बागध्वज पक्रन जंगलमा छापा



खोटाङ, पुस २ । जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा छापा मारेर प्रहरीले विप्लव कार्यकर्तालाई पक्राउ गरेको छ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवास्थित खलेबारी जंगलमा टेन्ट टाँगेर बसिरहेको अवस्थामा छापा मारेर प्रहरीले सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय विप्लव कार्यकर्ता केवी तामाङ ‘बागध्वज’ लाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रातको समयमा छापा मारी भरुवा बन्दुक, राइफल तथा पेस्तोलका गोली, बारुद, छर्रालगायत बन्दोबस्तीका सामानसहित उनलाई नियन्त्रणमा लिइएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्