Logo

छलफलबाटै समाधान खोज्नुपर्ने नेकपा स्थायी कमिटीको ठहर



काठमाडौं, पुस २ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक्कासि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उत्कर्षमा पुगेको नेकपाको विवाद बुधबार केही मत्थर भएको छ ।

बुधबार सम्पन्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने र सरकारविरुद्ध ल्याउन लागिएको संसद्को विशेष अधिवेशन बोलाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता नगर्ने निर्णय गरेको छ ।
यी दुई निर्णयसँगै नेकपामा देखिएको संकट तत्काललाई टरेको छ । यसबाहेक नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालले ल्याएको राजनीतिक प्रतिवेदनलाई समेत फिर्ता लिएर संयुक्त प्रस्ताव तयार गर्ने सम्बन्धमा दुई अध्यक्षबीच अनौपचारिक समझदारी भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता गर्ने र अधिवेशन बोलाउन दर्ता गर्न लागिएको प्रस्ताव रोक्ने निर्णय गरेको नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकले पार्टीमा देखिएका समस्या छलफलमार्फत समाधान गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले अध्यादेश जारी भए पनि मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले नियुक्तिका लागि कुनै सिफारिस नगरेको जानकारी गराएका थिए । मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सो अध्यादेश जारी भएपछि नेकपाको संकट झनै गहिरिएको थियो भने सरकारको आलोचना भएको थियो ।

अध्यादेश जारी भएपछि नेकपाका असन्तुष्ट नेताहरू संसद्को विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा प्रस्ताव दर्ता गर्न पुगेका थिए । तर पार्टीको निर्णयअनुसार सो प्रस्ताव दर्ता गर्ने प्रक्रिया रोकिएको आजकोे राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्