Logo

चौतर्फी दबाबपछि प्रधानमन्त्रीद्वारा अध्यादेश फिर्ता



काठमाडौं, पुस २ । चार महिनादेखि चल्दै आएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद समाधानको दिशातर्फ गएको छ । पार्टीभित्रको आन्तरिक विवाद चर्किंदै जाँदा लिखितरुपमा आरोप–प्रत्यारोपमा उत्रिँदै आएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच महत्वपूर्ण समझदारी बनेसँगै विवाद समाधानतर्फ गएको हो ।

मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि तरंगित भएको राजनीति बुधबार नेकपाभित्रको विवाद समाधान हुनेतर्फ अगाडि बढेको छ । विवाद हल गर्नका लागि दुवै अध्यक्षबीच यसअघि सचिवालयमा प्रस्तुत भएर छलफल भएको र स्थायी समिति बैठकमा छलफलका क्रममा रहेको आरोप प्रत्यारोपपत्र फिर्ता लिने सहमति भएको एक स्थायी समिति सदस्यले बताए ।

ती स्थायी समिति सदस्यका अनुसार दुई अध्यक्षबीच भएको समझदारीअनुसार गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीको आलोचना गर्दै ल्याएको प्रस्ताव फिर्ता लिने समझदारी भएको छ भने त्यसको जवाफमा ओलीले ल्याएको प्रस्तावको साटो अब एकीकृत प्रस्ताव बनाएर बैठकमा छलफलका लागि पेस गरिनेछ । यसअघि सचिवालयमा प्रस्तुत गरिएको आरोप प्रत्यारोपपत्रको बारेमा सचिवालय बैठकले निर्णय लिन नसकेपछि मंसिर २१ गते बसेको स्थायी समिति बैठकमा सदस्यहरुलाई उक्त लिखित प्रस्ताव अध्ययन गर्न दिइएको छ ।

मंसिर २८ गते बसेको स्थायी समिति बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै सकिएसँगै बुधबारका लागि स्थायी समिति बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो शुरु भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot