Logo

झलनाथ खनालको दाबी : ‘नेकपा कसैले फुटाउन सक्दैन्, हामी भदौ २६ मा फर्कन सक्दैनौं’ (भिडिओसहित)



काठमाडौं, २ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन् । अहिले बसिरहेको स्थायी कमिटी बैठकले गर्ने निर्णय सबैले मान्नुपर्ने पनि उनको भनाई छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु भदौ २६ गतेको सहमतिमा फर्कन नसक्ने पनि दाबी गरे । उनले भने-“हामी भदौ २६ मा फर्कन सक्दैनौं । त्यहाँदेखि यता धेरै पानी बाग्मतीबाट बगिसकेको छ । तीन वटा नदी प्रणालीबाट बगिसकेको छ । हामी अहिले पुषमा आईसकेको छौं । हामीले पार्टीलाई दुर्घटनाबाट बचायौं । अब पार्टीलाई बहस, छलफल गरेर अघि बढाउँछौं ।”



प्रतिक्रिया दिनुहोस्