काठमाडौं, २ पुष । संविधानविद् डा. भीमार्जुन आचार्यले जनमतसंग्रह गराईए अहिलेको अए राजसंस्थाको पक्षमा बहुमत आउने दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,जनमतसंग्रह गराईयो भने त अहिलेको अहिले राजसंस्थाको पक्षमा जनताले बहुमत दिन्छन् जस्तो लाग्छ मलाई, संघीयता र धर्मनिरपेक्षताको विरुद्धमा त ९० प्रतिशतभन्दा बढि मत आउँछ । राजसंस्थाको पक्षमा पनि मलाई लाग्छ बहुमत मत चाहीँ आउँछ । हेरौं कुराकानीको पूरा भिडिओ :