Logo

प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ



गुल्मी, २ पुस । प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रेसुङ्गा नगरपालिका–१२ भगेरीस्थित ड्युटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना बुधबार राति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा जाजरकोटका ४१ वर्षीय पुर्णबहादुर सिंह र पाल्पा निस्दीका ४२ वर्षीय मिनबहादुर आले रहेका छन् ।
उक्त स्थानमा खटिएको प्रहरीले उक्त स्थानमा चेकजाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको बताएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्