Logo

जिवित सुनगोहोरा र चितुवाको टाउकोसहित दुई जना पक्राउ



काठमाडौं, २ पुस । सुनगोहोरो र चितुवाको टाउको (आखेटोपहार) सहित दुई जना पक्राउ परेका छन् । टोखाबाट संरक्षित घस्रने जातको ८ वटा जिवित सुनगोहोरो र १ थान संरक्षित वन्यजन्तु चितुवाको टाउको (आखेटोपहार) सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ कानेपोखरीका ४१ वर्षीय भेष बहादुर थापा र तेह्रथुमका ४६ वर्षीय डिल्लीमान पौडेल रहेका छन् ।
संरक्षित वन्यजन्तुको आखेटोपहार एवं जिवित सुनगोहोरो (सरिसृप) प्रजाति अवैध रुपमा ओसार–प्रसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिवित सुनगोहोरो प्रजातीको उद्दार गरी वन्यजन्तुको आखेटोपहार सहित उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको छ ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बुढानिलकण्ठ काठमाडौंमा बुझाईएको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्