Logo

ईशा गुप्ताको बाथरुम सेल्फी भाइरल



एजेन्सी, २ पुस । बलिउड कलाकार ईशा गुप्ता सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनले प्राय फ्यानहरुलाई आफ्नो आकर्षक र बोल्ड तस्वीर सेयर गरिरहन्छिन् । भर्खर पनि उनले आफ्नो एक तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर जमेर भाइरल भइरहेको छ ।

तस्वीरमा ईशा गुप्ता टि–शर्ट लगाएकी छिन् । उनको यो तस्वीर बाथरुममा ऐनाको अगाडि लिइएको हो । फोटोमा बोल्ड पोज दिएकी छिन् । उनको यस तस्वीरलाई मानिसहरुले लाइक र धेरैले सेयर गरेका छन् । हट र आकर्षक जस्ता कमेन्ट्स उनको फोटोलाई गरेका छन् ।

ईशा आफ्नो फिटनेसको लागि धेरै ध्यान दिन्छिन् । उनले प्राय योगा गरेको फोटो पोस्ट गर्छिन् । यसको साथै उनले ग्लैमरस फोटोशुट पनि फ्यानहरुलाई सेयर गर्छिन् ।  २०१२ मा फिल्म ‘जन्नत’बाट बलिउड प्रवेश गरेकी उनी बोल्ड सिन दिएर चर्चामा आएकी थिइन् । ईशाले वह रुस्तम, टोटल धमाल र बादशाह जस्ता फिल्ममा काम गरिसकेकी छिन् । उनी पछिल्लो फिल्म वान डे मा देखिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot