Logo

अभिषेक बच्चनलाई ‘वंशवादको उत्पादन’ भनेपछि…



एजेन्सी, २ पुस । बलिउड कलाकार अभिषेक बच्चन सामाजिक सञ्जालमा धेरै सिकार हुने गर्छन् । प्राय मानिसले उनलाई ‘नेपोटिजमको प्रोडक्ट’ भनेर चिन्ने गर्छन् । तर उनले सधै विनम्रताको साथमा जवाफ दिने गर्छन् । हाल भने उनी अक्षय कुमारलाई लिएर गरेको ट््िवटमा सिकार भएका हुन् ।

वास्तवमा फिल्म वितरक अक्षय राठीले अक्षय कुमारको तारिफ गरेका थिए । उनले लेखेका थिए, ‘अक्षयले कोरोनाको समयमा थोरै काम गरे । अन्य कलाकारहरुले पनि उनिसँग सिक्नु जरुरी छ । यस्तो समयमा पनि उनको फिल्म पर्दामा पनि हिट भयो । अरु कलाकारले पनि यस्तो योजना बनाउनु पर्छ ।’

यस ट्विटमा अभिषेकले भनेका छन्, ‘यो सहि होइन् । हरेकको आफ्नै तरीका हुन्छ । सबैले अलग प्रकाको मोटिवेशन लिएका हुन्छन् र सबैको कामको पनि आफ्नै गति हुन्छ ।’ उनको यस ट्विटलाई मानिसहरुले सिकार बनाइरहेका हुन्छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘यो वंशवादको उत्पादन हो यसले अक्षय कुमारको कडा मेहेनतको जज गर्छ ।’ यी प्रयोगकर्तालाई अभिषेककले जवाफ दिएका छन्, ‘कसैले जज गरेको छैन ।’

अभिषेक बच्चनले यसअघि नेपोटिज्मलाई लिएर आफ्नो कुरा गरेका थिए । उनले पिता अमिताभ बच्चनले उनको लागि कसैलाई फोन पनि नगरेको भनेका थिए । अभिषेकले काम व्यवसाय भएको बताएका थिए । उनले राम्रो परर्फम गर्न नसकेमा आफुलाई काम नमिल्ने पनि बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्