Logo

एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन



काठमाडौं, २ पुष । संघीय संसदको उद्योग तथा वाणिज्य समितिले उखु किसानको भुक्तानी एक साताभित्र मिलाउन निर्देशन दिएको छ । उखु किसानहरु आफ्नो भुक्तानी नपाएको कारण केही दिनदेखि आन्दोलित छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सातदिन भित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।  समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु किसानलाई सातदिन भित्र भुक्तानीको व्यवस्था मिलाइ सोको विवरण समितिमा उलब्ध गराउन निर्देशन दिएका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्