एजेन्सी, २ पुस । फ्रान्सका राष्ट्रपति इमयानुयल म्याक्रोनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राष्ट्रपति कार्यलयले विज्ञप्तिमार्फत उक्त विषयको जानकारी दिएको हो ।
उनलाई कोरोना लक्षण देखिएको कारण उनको स्वाब परिक्षण गरिएको थियो । त्यसपश्चात उनलाई संक्रमण पुष्टि भएको विज्ञप्तिमा भनिएको छ । उनी सात दिन आइसोलेशनमा बस्ने जनाइएको छ ।-Photo: Agency