Logo

थप ६ जना संक्रमितको मृत्यु



काठमाडौं, २ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ७ सय ७६ थपिएका छन् । आज ९सय ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ५१ हजार ६ सय ९२ संक्रमित भएपनि २ लाख ४० हजार ३ सय ३६ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ९ हजार ५ सय ८० जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख ५५ हजार ७ सय २४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ४ सय ४४ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्