काठमाडौं, २ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साढे पाँच बजे बस्नेगरि बोलाएको संवैधानिक परिषदको बैठक स्थगित् गरेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि ओलीले बैठक स्थगित् गरेको नेकपानिकट स्रोतले जनाएको छ । बैठक बस्ने भनिएपछि दाहाल ओली भेट्न बालुवाटार पुगेका थिए । दाहालले बैठक स्थगितु गर्न सुझाएको र सोहीअनुसार प्रधानमन्त्री ओलीले बैठक स्थगित् गरेको बालुवाटार स्रोतले जनाएको छ । File Photo