Logo

विश्वकप जिताएका प्रशिक्षक ह्वाटमोर नेपाली क्रिकेट प्रशिक्षक



काठमाडौं, २ पौष । अष्ट्रेलियाका डेव ह्वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । आज नेपाल क्रिकेट संघ क्यानलाई उनलाई प्रशिक्षक नियुक्त गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।

नका महासचिव अशोकनाथ प्याकुरेलले विज्ञप्तिमार्फत् विनोद कुमार दासलाई म्यानेजर, रौनकबहादुर मल्ललाई महाप्रबन्धक र रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृत नियुक्त गरिएको जनाएका छन् ।

ह्वाटमोर हाइप्रोफाइल प्रशिक्षकका रुपमा परिचित छन् । ६६ वर्षीय पूर्व क्रिकेटर श्रीलंकामा जन्मिएका थिए । उनी सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताउँदा मुख्य प्रशिक्षक थिए । उनी दुई वर्ष अष्ट्रेलियाको राष्ट्रिय टोलीमा समेत थिए ।

ह्वाटमोरले श्रीलंका, बँगलादेश, पाकिस्तान र सिंगापुरको प्रमुख प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।-Photo source: Agency 



प्रतिक्रिया दिनुहोस्

Screenshot