एजेन्सी, २ पौष । विष दिइएपछि जर्मनीमा उपचाररत रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विदेशी गुप्तचर संस्थाको साथ रहेको दाबी गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबारको पत्रकार सम्मेलनमा नाभाल्नीलाई अमेरिकी गुप्तचर संस्थाको साथ रहेको बताएका छन् । तर, त्यसको कारण उनलाई विष नदिइएको बताए ।
पुटिनले नाभाल्नीको नाम उल्लेख नगरी बर्लिन अस्पतालमा उपचाररत विरामीलाई अमेरिकी गुप्तचर संस्थाको साथ रहेको र उनीमाथि निगरानी गरिरहनुपर्ने बताए । उनले हाँस्दै भने, ‘यो उनलाई विष दिनुपर्ने कारण होइन, किन कसैले यस्तो गर्छ ?’ कसैले नाभाल्नीलाई विष दिन चाहेको हुनसक्ने र उसैले गरेको उनको भनाई थियो ।
गत महिना नाभाल्नी विमानमै स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि लगिएका थिए । विमानको आकस्मिक अवतरण गरी नाभाल्नीलाई उपचारका लागि लगिएको थियो । पछि उनलाई विशेष विमानबाट रुसको बर्लिन अस्पताल पुर्याइएको थियो ।