Logo

कामै भएन निःशुल्क टिकट र भिसाको



काठमाडौं, पुस ३। सरकारले फ्री भिसा फ्री टिकटको नियम लागू गरे पनि नेपाली श्रमिक लाखौँ रुपियाँ वैदेशिक रोजगार कम्पनीलाई बुझाएर विदेश जान बाध्य छन् । सरकारको नियमअनुसार सञ्चालन भएका म्यानपावर कम्पनी र नियमन गर्ने जिम्मा पाएका सरकारी निकायको कमजोरीका कारण सर्वसाधरण श्रमिक बाध्यतामा परेका हुन् ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा श्रम रोजगार पत्रकार समूहले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा नियमअनुसार सञ्चालित संस्था र नियमनकारी निकाय जवाफदेही नहुँदा श्रमिक झन् पीडित हुनुपर्ने अवस्था आएको स्वीकार गरेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले फ्री भिसा र फ्री टिकट विपरीत पैसा लिने कम्पनी भेटिएको खण्डमा कारबाही गरिरहेको बताए । उनले भने, ‘फ्री भिसा फ्री टिकट कार्यान्वयन नभएको भनेर धेरै गुनासो आउँदाआउँदै पनि उजुरी गर्ने व्यक्तिसँग प्रमाण नभएका कारण कारबाही गर्न सकेका छैनौँ ।’

त्यसो भन्दै कारबाही नै नगरेको भन्ने होइन । विभागले पछिल्लो तीन महिनामा मात्रै ६० म्यानपावर कम्पनीको आकस्मिक अनुगमन गरेर ४५ कम्पनीको कारोबार रोक्का गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot