Logo

क्षतिग्रस्त अरनिको राजमार्ग गर्न एक अर्ब ४४ करोड २० लाख रुपैयाँ लाग्ने



काठमाडौं, पुस ३। चीन सरकारको सहयोगमा अरनिको राजमार्गको सुधार हुने भएको छ । अरनिको राजमार्गको बाह्रबिसेदेखि तातोपानीसम्मको खण्ड सुधारका लागि चीन सरकारको प्रस्तावलाई नेपाल सरकारले अनुमति दिइसकेको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले भूकम्प र बाढीपहिरोबाट क्षत्विक्षत् भएको अरनिको राजमार्गको सो खण्ड चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा सुधार सुरु हुन लागेको जानकारी दिए ।

गत साता सहमति सहितको पत्र चीनलाई पठाइसकिएको उनको भनाई छ ।उनले भने, “सो राजमार्गको सुधारका लागि चीनले गरेको प्रस्ताव नेपालले स्वीकृत गरिसकेको छ, अबको एक महिनाभित्र चिनियाँ प्राविधिक टोली नेपाल आई काम सुरु गर्नेछन् ।” आठ करोड युआन (एक अर्ब ४४ करोड २० लाख रुपैयाँ) लागतमा सो पुनर्निर्माण हुनेछ ।

चालीस फिटको कन्टेनर आवतजावत गर्न सक्ने गरी यो सडक खण्ड पुनर्निर्माण हुने उनले बताए। आउँदो वर्षायाम सुरु हुनुअघि नै पुनर्निर्माणको काम सम्पन्न गर्ने गरी दुुई मुलुकबीच सहमति भइसकेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्