Logo

ओली र देउवाबीच सहमति भएकै हो त ? नेकपा नेता अधिकारीको यस्तो दाबी (भिडिओसहित)



काठमाडौं, ३ पुष । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै खुल्ला बहस तथा छलफल नै भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली किन विवादमा पर्नुभयो ? भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा उनले भने,‘संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग पनि सहमति गरेर र पूर्व प्रधानमन्त्रीहरुसँग पनि सहमति भएको थियो । सैद्धान्तिक रुपमा अध्यादेश ल्याउने संवैधानिक प्रक्रिया नै हो ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले अध्यादेश फिर्ता लिँदैमा ओलीलाई कुनै ब्याक फायर नभएको जिकिर गरे । उनले भने,‘प्रधानमन्त्री चुक्नुभएको छैन् । छलफल र बहस गरेर मात्रै ल्याईएको हो ।’



प्रतिक्रिया दिनुहोस्