Logo

कालो मकैको फाइदा



कालो मकैको बिरुवा तीन मिटर अग्लो हुन्छ । यसले बीस सेन्टिमिटर लामो मकैको कोसा उत्पादन गर्छ । यो वर्षाको मौसममा पाइन्छ । यसको अंकुरण हुन र वृद्धीविकास हुन न्यानो तापक्रम चाहिन्छ ।

यस प्रजातीको मकै कहाँबाट सुरु भएको हो पत्ता लागेको छैन । तर, यो करिब २ हजार वर्ष पुरानो प्रजाती हो । यसका उत्पादन र प्रयोग दक्षिण अमेरिका र पेरुमा हुदै आएको छ । सन् १८६० मा उत्तर अमेरिकाले कालो मकैंको बिऊ उत्पादन गरेको थियो । यस्तो प्रजातीको मकैको अन्य देशहरुमा उत्पादन हुँदैन ।

आइरन, थायमिन, रिबोफ्ल्याभिन, नीएसिन, म्याग्नेसयिम, फोलेट, फोस्फोरस र भिटामिन ए जस्ता पौष्टिक तत्वहरु कालो मकैमा पाइन्छ । कालो मकै उमालेर, भुटेर, रोटी बनाएर खान उत्तम मानिन्छ । यसबाट चिचा मारोडा नामक चिसो पेय पदार्थ बनाइन्छ जो पेरुमा चर्चित छ । कालो मकैबाट मासाटो नामक मादक पद्धाार्थ पनि बनाइन्छ ।



प्रतिक्रिया दिनुहोस्